टप फिचर

मेलम्चीका बाढीपीडितलाई विश्व हिन्दु परिषद् नेपालको सहयोग

By Thah Online

June 19, 2021

समग्र देश कोरोना महामारी प्रकोपसँग जुधिरहेकै अवस्थामा मेलम्चीवासी प्राकृतिक प्रकोपका कारण थप सङ्कटमा परेको छ । पानीका कारण सधैँ चर्चामा आइरहने मेलम्ची यसपालि पानीकै कारण अकल्पनीय त्रासदीमा परेको छ । मेलम्ची नदीमा मिति २०७८ असार १ गते (१५ जून २०२१), मङ्गलवार राति आएको बाढी बस्तीमा पस्दा दर्जनौँ परिवार बेघर भएको छ । बाढीले ठुलो जनधनको क्षति भएको छ । यस प्राकृति  आपताका कारण समस्यामा परेका मेलम्चीवासीको सहायताका लागि विश्व हिन्दु परिषद् नेपाल, एकल अभियान नेपाल एवं लायन्स क्लब अफ काठमाडौँ, समर्पणले संयुक्त रूपमा राहत एवं उद्धार कार्य सुरु गरेको छ ।

विश्व हिन्दु परिषद् नेपाल, एकल अभियान नेपाल एवं लायन्स क्लब अफ काठमाडौँ समर्पणका संयुक्त राहत टोलीले शनिवार मेलम्चीका बाढीपीडितलाई सहयोग एवं राहत स्वरूप थाल १०० पिस, गिलास १०० पिस, कटोरा १०० पिस, फ्राईपिन ५ पिस, कम्बल १०० पिस, प्रेसर कुकर २५ पिस,  त्रिपाल १२२ पिस,  ग्याँस चुलहा ४८ पिस, छुलहा पाइप ४८ पिस, डिनर प्लेट ७२ पिस, थरमस ४८ पिस ,कराई ८ पिस, रासन प्याकेट २०० पिस ,रासन सामाग्रीहरु प्रति,चामल १० किलो, दाल २ किलो, तेल १ लिटर, चना २ किलो, सोयाबिन २०० ग्राम, चिउरा २ केजी, नुन १ पाकेट, बेसार १ पाकेट, मिक्स मसला १ प्याकेट, खुर्सानी १ प्याकेट, चाउचाउ १० प्याकेट, मच्छर धूप सामग्रीहरु उपलब्ध गराएको छ ।

आगामी चरणहरूमा थप सहयोग सामग्री उपलब्ध गराउन प्रयास गरिने विश्व हिन्दु परिषद् नेपालका राष्ट्रिय सङ्गठन सचिव श्री प्रल्हाद कुमारले बताउनु भयो ।