कृर्षि

सहजकर्ताहरूका लागि अभिमुखीकरण

By Thah Online

June 19, 2021

दाङ, असार ५ । सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दाङको र डिभिजन वन कार्यालय घोराही दाङको सहयोगमा सहकारी मार्फत पकेट क्षेत्रमा जडीबुटी बिस्तार कार्यक्रम अन्तर्गत सहजकर्ताहरूको लागि अभिमुखीकरण कार्यक्रम घोराहीमा सम्पन्न भएको छ ।

सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ध्रुवराज पौडेलको अध्यक्षता एंव डिभिजन वन कार्यालय दाङका प्रमुख डिभिजन वन अधिकृत विजयराज सुवेदी प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहजकर्ताहरूले गाउँ तहमा गर्नुपर्ने कामको बारेमा जानकारी गराइएको थियो । डिभिजन वन अधिकृत सुवेदीले कार्यक्रमले कार्यक्रम अन्तर्गत किसानलाई जडीबुटीको व्यावसायिक खेती मार्फत आर्थिक समृद्धि गराउनका लागि कार्यक्रम थालिएको बताउनुभयो ।

कार्यक्रममा सहायक वन अधिकृत खिमबहादुर केसीले जडीबुटी खेती र त्यसले किसानलाई दिने फाइदाका बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा बंगलाचुलीका ५ र घोराहीका २ वटा गरी ७ वटा वडाका सहकर्ता र सुपरभाइजनलाई प्रशिक्षण दिइएको थियो ।