मर्स्याङ्दी नदी ढुंगा, मुढासहित उर्लेर आयो



पोखरा ।  सोमबारदेखिको अविरल वर्षाका कारण मनाङ सदरमुकाम चामे नजिकै मर्स्याङ्दी नदी थुनिएको छ । चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुंगामाटो र काठदाउरा बगाएर ल्याएपछि मर्स्याङ्दी नदी थुनिएको हो  । शनिवार पहिरोले थुनिएको मर्स्याङ्दी नदी खोलिदा ढुङ्गा, मुढासहित उर्लिएको जिल्ला अधिकारी विष्णु लामिछानेले बताएका छन्।

उनका अनुसार नेस्याङ गाउँपालिका–४ हुम्डेमा नदी वरिपरिबाट गएको पहिरोले शनिवार केही बेर नदी थुनिदा पानीको सतह बढेको र खोलिदा उर्लेर आएको छ ।

मर्स्याङ्दीको तल्लो तटीय क्षेत्र वरपर नबस्न भनेर सूचना दिइसकेको पनि उनले बताएका छन् । थुनिएको नदी खुलेर उर्लिएपछि ट्रसको पुल पनि नाघेर पानी बगिरहेको उनले बताए ।

नदीमा डुङ्गा, बालुवा, माटो लगायत मिसिएर बगेको लेदोसहितको पानीले बगाएर ल्याएको रुखहरुपुलमा अड्किएका छन् । नदीमा पानीको सतह बढेको र मर्स्याङ्दी थुनिन सक्ने खतरा भएको प्रमुख अधिकारीले बताएका छन् । अत्यधिक चापका साथ आएको बाढी र पहिरोका कारण स्थानीय बासीमा त्रास फैलिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्