उपत्यकामा पुनः एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप गर्ने तयारी



काठमाडौँ । कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि काठमाडौँ उपत्यकामा लगाइएको निषेधाज्ञा जारी छ । उपत्यकामा यसअघि थप गरिएको निषेधाज्ञा यही असार ७ गते राति १२ बजेसम्म जारी रहनेछ ।

यसैबिच उपत्यकामा पुनः एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप गर्ने तयारी गरिएको छ । काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप गर्ने तयारीमा जुटेका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उपत्यकामा पुनः एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप गर्ने तयारी भइरहेको जानकारी गराएका हुन् । उपत्यकाको संक्रमणदर हेरेर निषेधाज्ञाको मोडालिटी फेरबदल गर्दै आएको र एकै पटक निषेधाज्ञा हटाइहाल्यो भने पुनः कोरोना महामारी नियन्त्रण बाहिर जानेमा आफूहरू सजग रहेको प्रजिअ पराजुलीको भनाइ छ ।

निषेधाज्ञा तत्कालै हटाइहाल्न नमिल्ने तर, चरणबद्ध निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने आफूहरूको योजना रहेको प्रजिअ पराजुलीले बताए । पछिल्लो समय निषेधाज्ञामा कडाइ गर्ने भन्दा पनि संक्रमणदर पुनः नफैलिने गरी व्यवस्थापन गर्नतिर आफूहरू लागिपरेको उनले बताए ।           

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्