प्रदेश महोत्सवका लागि ७५ प्रतिशत स्टल बुकिङ



सैघाली खबर
दाङ, २३ माघ । दाङको घोराहीमा शुरु हुन लागेको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी का लागी हालसम्म ७५ प्रतिशत स्टल वुकीङ भएको महोत्सव मुलआयोजक समीतीले जनाएको छ। महोसत्व मुलआयोजक समितिका सहसंयोजक टंकसिह वुढाथोकीका अनुसार महोत्सवका लागी हाल सम्म ७५ प्रतिशत स्टलहरु वुकीङ भईसकेको जानकारी दिनुभयो ।

हाल सम्म बुकिङ भएका स्टलहरु मध्ये अधिकाशं कृर्षि, स्थानीय उत्पादनका समाग्री र स्थानीय उद्योगहरुवाट उत्पादीत सामाग्रीको रहेको स्टल व्यवस्थापन उपसमीतीका संयोजक टंक प्रसाद पोख्रेलले बताउनुभयो । यस वर्ष महोत्सवमा २ सय १२ वढी स्टलहरु मात्र राखीएकाले स्टल वुकीङ गर्न पोख्रेलले सम्पुर्ण उद्यमी, कृषक , एवं स्थानीय व्यवसायीहरुलाइ आग्रह गर्नुभएको छ।

यसैविच महिला उद्यमी तथा धार्मीक उपसमिति संयोजक विन्दु दाहालले दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४का अवसरमा महोत्सव अवधीभर निशुल्क झोला वुनाइ तालीम ,होजीयारी तालीम, अल्लो सम्वन्धी र गुडीया वनाउने तालीमको समेत आयोजना गरिएको महीला उद्यमी तथा धार्मीक उपसमीती संयोजक विन्दु दाहालले वताउनुभएको छ। मेला अवधि भर निशुल्क तालीम लिइ आफनो सिपविकास गर्न महीलाहरुलाइ आग्रह गर्नुभएको छ। यसैगरी महोत्सव स्थलमा स्र्वगद्धारी प्रभुमहाराजको पर्तीमा मुर्ती, पाण्डवेश्वर मन्दीर धारापानीको प्रतीमा शिवलीगं र विश्वकै अग्लो त्रिशुलको प्रतीमा राखी दैनीक रुपमा पुजा आजागर्ने र हरेक दिन विहान योगअभ्यास गर्ने व्यवस्था गरिएको पनी महीला उद्यमी तथा धार्मीक उपसमीती संयोजक विन्दु दाहाले जानकारी दिनुभएको छ।

यस वर्षको महोत्सवमा करिव ५ लाख दर्शकलाइ उक्त महोत्सव तथा प्रर्दशनीस्थलमा प्रत्यक्ष अवलोकन गराउने , एशीयाकै ठुलो उपत्यका दाङ उपत्यकाको प्रचार प्रसारका साथै यसको संरक्षण तथा सम्वद्र्धनमा सवैको ध्यानाआर्कषण ंगराउने, दाङ सहीत ५ र ६ प्रदेशवाट उतपादीत वस्तुहरुको संकलन तथा विक्रीका लागी कोशेली घरको सुरुवात गर्ने र करिव २० करोडको आर्थीक कारोवार गर्ने लगाएतका लक्ष्यहरु राखीएको महोत्सव मुलआयोजक समीतीले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्