गोरखा सांस्कृतिक समाजद्वारा खाद्यन्न सहित नगद राहत वितरण  



असार ५, काठमाडौँ । गोरखा सांस्कृतिक समाजले स्थापना गरेको कोभिड–१९ राहत कोषद्वारा आज राजधानीमा अप्ठ्यारोमा परेका ३६ जना भन्दा बढी कलाकारलाई राहत प्रदान गरेको छ । समाजले कोरोना भाइरसको महामारीले गर्दा लकडाउनमा परी पीडा भोगिरहेका कलाकारलाई खाद्यान्न, स्वास्थ्य सामग्री तथा नगदसहित राहत प्रदान गरेको हो ।

समाजले चलाएको अभियानमा सहयोगी दाताहरूको सहयोगसँगै समाजले पीडा भोगिरहेका कलाकारलाई राजधानीको कपुरधारास्थित अफिसमा बोलाएर राहत प्रदान गरेको समाजका अध्यक्ष सुमन पण्डितले बताउनु भयो ।

केही समय अगाडि मात्र समाजका वरिष्ठ उपाध्यक्ष सुनिल लामिछानेको संयोजकत्वमा पाँच सदस्यीय कार्यसमिति बनाएर कोभिड–१९ को महामारीले गर्दा लकडाउनमा परेर रोजगारी गुमाइरहेका कलाकारहरूलाई साथ दिनका यो अभियान सञ्चालन गरेको थियो । सोही अभियान अन्तर्गत गोरखाली कलाकारहरूलाई माया गर्ने दाताहरूले तन, मन, बचनले सहयोग प्रदान गरेका थिए । समाजले पहिलो चरणमा ३६ जना कलाकारलाई खाद्यान्न, स्वास्थ्य सामग्री र नगद रकमसहित राहत प्रदान गरेको समाजका महासचिव रवि लामिछानेले बताउनु भयो ।

कार्यक्रममा गत वर्ष दुर्घटनामा परी असक्त बनेका कलाकार विक्रम सुनारलाई गोरखा सांस्कृतिक समाजले १० हजार रुपैयाँ सहयोग सहित खाद्यान्न प्रदान गरिएको थियो । त्यस्तै ३६ जना कलाकारलाई पनि खाद्यान्न, स्वास्थ्य सामग्रीको साथमा नगद प्रदान गरिएको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष दीपसागर थापा, निवर्तमान अध्यक्ष बिरबल ढकाल, सल्लाहकार प्रेम श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

यस अभियानमा पालुङ्टार–२, गोरखा स्याथी घर भई हाल कोटेश्वर निवासी युवा नेता, व्यवसायी तथा समाजसेवी दुर्गालाल श्रेष्ठले रु. ४१,२५० बराबरको (२५ बोरा चामल) राहत हस्तान्तरण गर्नुभएको थियो । उहाँले कलाकारलाई रोग र भोकबाट अप्ठ्यारोमा परेमा अझै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

त्यस्तै समाजका सल्लाहकारहरु नवराज अम्गाईं २५ हजार, हरि मरहठ्ठा १५ हजार, नवराज भण्डारी १२ हजार, सुनिल मास्के ५ हजार, विश्व देवकोटा ५ हजार, प्रेम श्रेष्ठ ५ हजार र निवर्तमान अध्यक्ष बिरबल ढकालबाट ५ हजार सहयोग प्राप्त भएको थियो । त्यसै गरी कार्यसमितिका वरिष्ठ उपाध्यक्ष सुनिल लामिछानेबाट १० हजार, उपाध्यक्ष लवकुमार भट्टबाट ५ हजार, सदस्य किशोर थापाबाट ५ हजार, सदस्य सचिन भट्टराईबाट ३३३३ रुपैयाँ सहयोग प्राप्त भएको थियो ।

त्यस्तै कलाकारलाई असाध्यै माया गर्ने समाजसेवी कलाकार मीन केसी (अमेरिका) ५० हजार, कलाकार मरिचमान श्रेष्ठ ३० हजार, गोरखा समाज बेल्जियमका अध्यक्ष राम घले १५ हजार, चिरञ्जवी भट्ट १०, हजार, व्यवसायी राजेन्द्र लामिछाने १० हजार, व्यवसायी मुक्ति पाण्डे १० हजार, व्यवसायी प्रलिश तामाङबाट १० हजार, गोरखा ताकुकोट सेवा समाज १० हजार, व्यवसायी रमेश पण्डित ५ हजार, व्यवसायी सानुकाजी बानियाँ २५ सय, व्यवसायी महेश ढकाल ३३३३। पर्यटन व्यवसायी धावा ग्याल्जेन लामा गोरखाबाट २ हजार, शित्तल सिंखडा १५ सय, व्यवसायी युवराज बस्ताकोटी ११०५ सहयोग रकम प्राप्त भएको थियो । त्यसै गरी समाजसेवी व्यवसायी विवेक श्रेष्ठबाट ४० प्याकेट मास्क सहयोग उपलब्ध भएको थियो ।

माथिको रकम बाहेक देश तथा विदेशबाट सहयोग पठाउने क्रम जारी रहेको छ । उहाँहरूले प्रतिबद्धता जनाइसक्नु भएको छ । हामीले उहाँहरूबाट आएको सम्पूर्ण सहयोगहरू कलाकारहरूको पीडामा मल्हम लगाउने अभियानमा लगानी गर्नेछौँ समाजका अध्यक्ष सुमन पण्डितले बताउनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्