दाङ जिल्ला वन प्राविधिक समाज द्धारा अति विपन्न घरपरिवारलाइ खाद्यान्न वितरण



तुल्सीपुर। दाङ जिल्ला वन प्राविधिक समाज द्धारा तुल्सीपुर १७ बघौसी निवासी दुई अति विपन्न घरमुली आशा चौधरी र कमला चौधरीलाई २५-२५ किलो चामल, १ लिटर टेल, ५ किलो दाल, ३ पोका नुन वितरण गरेको छ ।

उक्त वितरण कार्यक्रममा तुल्सीपुर उपमहानगरपालिकाकी उप मेयर माया शर्मा आचार्य, वडा सदस्य युवा करारा, वन अधिकृत ओमकान्त भट्टराई, बघौसी टोल विकास सचिव कमल गौतम, अधिकार कर्मी अनिता पोखरेल, अग्रज ब्यक्तित्व हेमराज भुषाल तथा युवा व्यवसायी द्धय हिमाल डाँगी, यज्ञ कुमार ओली को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रमको सहजीकरण तुल्सीराम ओलीले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्