सैघाली खबर,
दाङ, २४ माघ
पाँच नम्बर प्रदेशको राष्ट्रिय सभा सदस्यका लागी आज निर्वाचन हुदैछ ।
घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा हुने निर्वाचनका लागी सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
विहान १० बजेदेखि साझ ३ बजेसम्मका लागी मतदानको समय तोकिएको छ प्रदेश सभाका ८७ सदस्य र स्थानीय तहका २ सय १८ गरी ५ नम्वर प्रदेशमा कुल ३ सय ५ मतदाता रहेका छन् ।
निर्वाचनमा भोट हाल्नका लागी मिलन केन्द्रस्थित मतदान स्थलमा दुइवटा मतदान केन्द्रको व्यवस्था गरिएको जिल्ला निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए । रावलका अनुसार प्रदेशसभा सदस्य र स्थानीय तहका मतदाताका लागी छुट्टाछुटै मतदान केन्द्रको व्यवस्था गरीएको छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।