आफूनिकटका नेताहरूसँग छलफल गर्दै काङ्ग्रेस सभापति देउवा



असार ६, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकटका नेताहरूसँग छलफल गर्दै छन् । भदौमा हुने १४औँ महाधिवेशनको लागि उम्मेदवार बन्ने तयारी गरिरहेका देउवा आइतबार (आज) बिहानैदेखि आफूनिकटका नेताहरूसँग छलफलमा छन् । काँग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंकाअनुसार अहिले पनि छलफल जारी छ, भने- ‘छलफल हुँदैछ। खास गरी १४औँ महाधिवेशनकै तयारीस्वरुप उहाँले नेताहरूलाई बोलाउनुभएको हो। 

देउवाले आफूनिकटका नेताहरूलाई आफ्नो निवास बुटानिलकण्ठ बोलाउँदै आएका छन् । यसअघि शनिवार देउवाले प्रदेश नं. २ का नेताहरूसँग छलफल गरेको थिए । भेटघाटका क्रममा देउवाले आफू उम्मेदवार बन्ने र आफूलाई सहयोग गर्न आग्रह गर्दै आएका छन्। आज बिहान नेताहरूसँग छलफल गरेपछि पुनः दिउँसो ३ बजेबाट अरू नेताहरूसँग छलफल गर्दै छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्