मौद्रिक नीति निर्माण सुझाव माग्दै राष्ट्र बैङ्क, साउन पहिलो सातामा सार्वजनिक गरिने तयारी



काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आगामी साउन ७ गतेभित्र आर्थिक वर्ष २०७८/०७९ को लागि मौद्रिक नीति ल्याउने तयारी गरेको छ। कोरोना प्रभावित अर्थतन्त्र उकास्न तथा बजेटलाई सहयोग गर्ने गरी मौद्रिक नीति ल्याइने केन्द्रीय बैङ्कले जनाएको छ। मौद्रिक नीतिका लागि सरोकारवालासँग राय सुझाव समेत माग गरेको छ। 

केन्द्रीय बैङ्कले आफ्नो अनुसन्धान विभागमा इमेलमार्फत सुझाव पठाउन भनिरहेको छ। हालसम्म प्राप्त भएको अधिकांश सुझाव सहुलियत माग मै केन्द्रित रहेको राष्ट्र बैङ्कले जनाएको छ।

नेपाल राष्ट्र बैङ्कले बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग पुग्ने गरी मौद्रिक नीति सार्वजनिक गर्ने गर्छ। राष्ट्र बैङ्कले मुद्रास्फीतिलाई नियन्त्रणमा राख्दै वित्तीय स्थायित्व कायम राख्नु मौद्रिक नीतिको प्राथमिकता रहन्छ।

सरकारले बजेट मार्फत शैक्षिक प्रमाणपत्र धितो राखी २५ लाखसम्म दिने बजेटमार्फत घोषणा गरिसकेको छ। यो विषय सम्भवत मौद्रिक नीति मार्फत कार्यान्वयनमा ल्याइने छ। यस्तै सहुलियत पूर्ण कर्जा, प्रभावितहरूको अवस्था मध्यनजर गर्दै बैङ्कको किस्ता तिर्ने समयावधि थप लगायतमा विषय मौद्रिक नीतिका लागि छलफल गरिरहेको केन्द्रीय बैङ्कले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्