प्रदेश समाचार

मेलम्चीमा आवश्यक स्वास्थ्य सामग्री प्रदान

By Thah Online

June 20, 2021

नेपाली काँग्रेसका युवा नेता भगवान् अधिकारीले काभ्रेको बेथानचोक गाउँपालिकाका सम्पूर्ण वार्डका वृद्ध र बालबालिकाका लागि आवश्यक औषधि वितरण गरेका छन्।

नेपाली काँग्रेस भक्तपुरका नेता सन्तोष भट्टराई सञ्चालक रहेको औषधि कम्पनीले बजारमा अति अभाव रहेका औषधिहरू गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनालाई हस्तान्तरण गरेका छन् ।  

नेपाली काँग्रेस स्थानीय तह समन्वय केन्द्रीय विभाग सदस्य भुवन खड्का (रामेछाप) समेतको उपस्थितिमा सम्पूर्ण वार्डमा पुर्‍याउनका लागि वार्ड  २ अध्यक्ष भगवान् घिमिरे ,३ का दिलबहादुर श्रेष्ठ ,४ का लालबहादुर श्रेष्ठ ,समाजसेवी राजेश तिमल्सिना ,मोट्प्रसाद सापकोटा ,विनोद तिमल्सिना ,डिग्मान लामा,उत्तम अधिकारी ,कुमार घिमिरे ,र स्वास्थ्य शाखा प्रमुख प्रमोद तिमल्सिना ,दुर्गा पोखरेल लगायतले तत्काल बस्ती बस्तीमा औषधि पुर्‍याउने बताएका छन्।