मेलम्ची नदीमा अचानक बाढी आउनुको कारण पत्ता लाग्यो



असार ६, काठमाडौँ – गत असार १ मा मेलम्ची नदीमा बाढी आउनुको कारण पत्ता लागेको छ । हेलम्बु गाउँपालिकाले शनिबार एक सूचना जारी गर्दै गाउँपालिकाले वडा नम्बर १ स्थित सेमेसिदाङ हिमाल मुनि रहेको भेमाथाङ्ग चौरमा गएको पहिरोका कारण मेलम्चीमा बाढी आएको जनाएको हो ।

विज्ञ डा रविनराज निरौलालाई उद्धृत गर्दै गाउँपालिकाले चौरको २५ प्रतिशत भाग पहिरो गएकाले आकस्मिक बाढी आएको निष्कर्ष निकालेको छ ।

सूचनामा चौरको ७५ प्रतिशतमध्ये कति भाग अझै पहिरो जान सक्ने यकिन नभएको जानकारी गराएको छ । थप बाढी आउन सक्ने भएकाले उच्च सावधानी अपनाउनसमेत गाउँपालिकाले अनुरोध गरेको छ ।

यसअघि असार २ मा सिन्धुपाल्चोकका एमाले सांसद तथा स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले गर्नुभएको हवाई निरीक्षणमा पनि पहिरोका कारण नदी थुनिएर बनेको ताल विस्फोट हुँदा बाढी आएको खुलेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्