प्रदेश समाचार

पूर्वराज्यमन्त्री विष्टको कोरोनाबाट निधन

By Thah Online

June 20, 2021

असार ६, काठमाडौँ  । कोरोनाभाइरसको सङ्क्रमणबाट नेपाली काँग्रेसका नेता एवं पूर्वसञ्चारराज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ। पूर्व राज्यमन्त्री विष्टको आइतबार बिहान ५ बजे मेडिसिटी अस्पतालमा निधन भएको हो । 

उनको उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ । उनलाई केही दिनअघि कोरोना सङ्क्रमण देखिएको थियो। उपचारका लागि सुर्खेतबाट काठमाडौँ ल्याइएको थियो । सुर्खेतमा उपचार हुन नसकेपछि हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको थियो।

उनी २०७० मा सुर्खेत क्षेत्र नम्बर ३ बाट संविधान सभा सदस्य निर्वाचित भएका थिए। काँग्रेस सुर्खेतको सभापति भएका विष्ट २०७४ मा देउवा नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री बनेका थिए।

काँग्रेस सभापति देउवाले पूर्व राज्यमन्त्री विष्टको निधनमा दुःख व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।