दाङमा कोभिसिल्ड खोपको दोस्रो मात्राको खोप आजबाट शुरु



घोराही दाङमा कोभिशील्ड खोपको दोस्रो मात्राको खोप आजबाट लगाइँदै छ । फागुन २३ गते भन्दा अगाडि र सोही दिनदेखि कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरूले जिल्लाका विभिन्न खोप केन्द्रमार्फत लगाउन पाउने स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोभिशिल्डको दोस्रो मात्रा घोराही उपमहानलपारिका, तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल, बंगलाचुली गाउँपालिकामा, पश्चिम दाङका लागि शान्तिनगर बबई र दंगीशरणको आधारभुत स्वास्थ्य इकाई रगैचामा लगाइने भएको छ भने देउखरीका ४ वटै पालिकाका नागरिकहरूका लागि लमही अस्पतालमा लगाइने भएको छ ।

खोपको पहिलो मात्रा लगाएर दोस्रा मात्रा नलगाएका तथा पहिलो प्राथमिकतामा रहेका लक्षित वर्गहरू स्वास्थ्यकर्मी, महिला स्वयंसेवीका, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, कर्मचारीले खोप लगाउने छन् । यस्तै पत्रकार, स्वास्थ्य जनप्रतिनिधि, जेलमा रहेका कैदी बन्दी तथा सुरक्षाकर्मी लगायतले दोसो मात्रा लगाउन लागेको स्वास्थ्य कार्यालय दाङका प्रमुख अगदबहादर शाहीले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्