काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप गरी पेसा, व्यवसाय चलाउन दिने विषयमा छलफल भएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले जारी निषेधाज्ञा सात देखि दश दिनसम्म थप्ने विषयमा छलफल गरेका छन् ।
यसै गरी अवको थप निषेधाज्ञामा फेन्सी,भाडा लगायत भीडभाड् नहुँने व्यवसाय चलाउन दिने तयारी भएको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो ।
यसै गरी निजी सवारी साधनलाई जोर बिजोर प्रणालीमा चलाउन दिने विषयमा पनि छलफल भएको उहाँले जानकारी दिनुभयो । सार्वजनिक सवारी साधन भने अव को थप निषेधाज्ञामा चल्न पाउने छैनन् । भोलि बस्ने बैठकले यस विषयमा निर्णय गर्ने समेत प्रजिअ निरौलाले बताउनुभयो ।
स्मार्ट लकडाउन भन्ने कुरा मिडियाबाट थाहा पाएको भन्दै उहाँले यो बारेमा आफूलाई जानकारी नभएको समेत उहाँले बताउनुभयो । किराना पसल, डिपार्टमेन्टल स्टोर, तरकारी, फलफूल, दूध, मासु र ग्यासका पसल बिहान समय तोकेर खोल्न यस अघि दिइएको छ । यसै गरी सवारी साधन मर्मतका लागि वर्कसपहरू स्वास्थ्यका मापदण्ड अपनाएर खोल्न दिइएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।