सैघाली खबर,
काठमाडौं, २४ माघ
ताइवानको हुवालिन शहरमा ६ दशमलब ४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट कम्तिमादुई जनाको ज्यान जानुको साथै सयौं घाइते भएको ताइवानी अधिकारी लाई उदृत गर्दै बिबिसीले जनाएको छ ।
त्यस्तै कैयौं अग्लाभवनहरु भत्केको बताईएको छ । स्थानीय समय अनुसार रातको ११ बजेर ५० मिनेट जाँदा भूकम्प गएको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिरमा कैयौं सडक र भवनमा क्षतिपुगेको देखिन्छ । भूकम्पका कारण कैयौं भवनमा फसिरहेका नागरिकलाई उद्धार गर्ने कार्य भैरहेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।