काठमाडौँ । गृहमन्त्री खगराज अधिकारीले आइतबार मन्त्रीहरूसँग छलफल गरेका छन् । मन्त्री अधिकारीले सातै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीहरुसँग छलफल गरेको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जानकारी दिए ।
विपद् व्यवस्थापनका विषयमा गृहमन्त्री अधिकारीले प्रदेशका मन्त्रीहरूसँग छलफल गरेका प्रवक्ता दाहालले बताए। प्रवक्ता दाहालका अनुसार मन्त्री अधिकारीले मुलुकको शान्ति सुरक्षाको स्थिति, कोभिड–१९ सङ्कटको व्यवस्थापन तथा नियन्त्रणको विषयलगायतका विषयमा पनि प्रदेश मन्त्रीहरूसँग छलफल गरेका हुन् ।
छलफलमा नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलगायतका उच्च पदस्थ व्यक्तिहरु पनि सहभागी छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।