काठमाडौं उपत्यकामा निजी गाडी चलाउन दिने तयारी



काठमाडौँ । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–बिजोर प्रणालीमा चल्न दिने वा अरू नियम लगाउने भन्ने निर्णय भएको छैन । उपत्यकामा कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि जारी गरिएको निषेधाज्ञा सोमबार (भोलि) राति १२ बजे सकिदैछ ।

तर, कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको निष्कर्ष निकाल्दै काठमाडौँ, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले जारी निषेधाज्ञालाई फेरि एक सातादेखि १० दिनसम्म लम्ब्याउने तयारी गरिरहेका छन् । निषेधाज्ञा थपको निर्णय गर्न आइतबार (आज) साँझ ५ बजे प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दै छ । उपत्यकामा अझै खुकुलो र व्यवस्थित हुने गरी निषेधाज्ञा थप हुने बताइएको छ ।

त्यस्तै, जानकारी अनुसार उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । निजी सवारी साधनलाई जोर–बिजोर प्रणालीमा चल्न दिने वा अन्य कुनै नियम लगाउने भन्ने बारे निर्णय भने भई नसकेको बताइएको छ । त्यस्तै, डीसीसीएमसीले खाद्यान्न पसलहरू पनि ४ बजेसम्म खोल्न दिनुपर्ने र अन्य व्यवसायलाई पनि बार अनुसार सञ्चालन गर्न दिनुपर्ने सुझाव दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्