अपराध

घुस रकमसहित सव डिभिजन वन कार्यालयका प्रमुख अख्तियारको नियन्त्रणमा

By Thah Online

June 20, 2021

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ४० हजार घूससहित एक अधिकृतलाई प’क्राउ गरेको छ।  

धादिङको नीलकण्ठ सव–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत आठौं तह (कार्यालय प्रमुख) कृष्ण प्रसाद पौडेललाई अख्तियार टोलीले प’क्राउ गरेको हो । 

सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको सम्बन्धमा’ अवरोध सिर्जना गरेर घूस माग गरेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनलाई प’क्राउ गरेको हो । 

पौडेललाई सेवाग्राहीबाट चालीस हजार रुपैयाँ लिएको अवस्थामा कार्यकक्षबाटै नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए