प’क्राउ परेकी घरबेटीलाई ३ दिन हिरासतमै राखेर अनुसन्धान गरिने



काठमाडौँ । सञ्चारकर्मी रुपा सुनारको उजुरीका आधारमा प’क्राउ परेकी घरबेटी सरस्वती प्रधानले ३ दिन प्रहरी हिरासतमा बस्नुपर्ने भएको छ । दलित भनेर रुपालाई कोठा भाडामा नदिएको आरोपमा प्रहरीले आज उनलाई प’क्राउ गरेको थियो ।

रुपाले असार १ गते काठमाडौँ महानगरपालिका वडा नम्बर ११ की घरबेटी सरस्वती प्रधानले सबै कुरा मिलेपछि दलित भन्ने थाहा पाएर कोठा भाडामा नदिएको भन्दै प्रहरीमा उजुरी गरेकी थिइन् । रूपाले आफूमाथि जातीय विभेद भएको भन्दै गत बिहीबार प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्। प्रहरीले घरबेटीविरुद्ध जातीय भेदभाव तथा छुवाछूत मुद्दाको दफा ४ को उपदफा ३ बमोजिम जाहेरी दर्ता गरेको थियो । जाहेरी परेको ३ दिनपछि प्रहरीले प्रधानलाई प’क्राउ गरेर नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी परिसर टेकुका अनुसार सरस्वतीलाई ३ दिनको म्याद लिएर आइतबार प’क्राउ गरिएको हो । परिसरका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक रमेश बस्नेतले भने, ‘जिल्ला अदालतबाट ३ दिनको म्याद लिएर प’क्राउ गरिएको छ । अब ३ दिन हिरासतमै राखेर अनुसन्धान गरिन्छ ।

अनुसन्धानबाट आ’रोप प्रमाणित भएमा आवश्यक कारबाही प्रक्रियाका लागि प्रहरीले अदालतमा मुद्दा पेस गर्ने उनले बताए ,  तर, ३ दिनको अनुसन्धानबाट मुद्दा किनारा नलागे म्याद थपिन पनि सक्ने उनको भनाइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्