बझाङ ६ असार सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङका स्थानीय तहहरूले निर्माण व्यवसायीहरूबाट कमिसन लिएर मिलेमतोमा ठेक्का आह्वान गर्ने गरेको निर्माण व्यवसायीहरूले आरोप लगाएका छन् । निर्माण व्यवसायीहरूले जिल्लामा खोलिने २ करोड देखि २० करोड सम्मका ठुला ठेक्कामा स्थानीय तहका जन प्रतिनिधि र कर्मचारी एवं निर्माण कम्प निको मिलेमतोमा ठुलो रकम कमिसन लिई ठेक्का दिने गरेको आरोप लगाएका हुन ।
जिल्लाको मस्टा गाउँपालिका मा आह्वान गरेको झन्डै ५ करोडमा निर्माण लागतमा निर्माण हुन थालेको पार्क निर्माण र चिर बित्थडमा झन्डै १७ करोड लागतमा निर्माण हुन थालेको १५ शैयाको अस्पताल एवं छबिस पाथिभेरा गाउँपालिकामा झन्डै १२ करोडको लागतमा निर्माण हुन थालेको अस्पतालमा झन्डै प्रति ठेक्का २ देखि ३ करोड सम्म कमिसन चलखेल भई ठेक्का आह्वान गरेको जनाएको छ ।
कमिसन को चलखेल पश्चात स्थानीय तहले ठेक्का आह्वान गर्दा असलार मेसिनरी वाल सम्बन्धि कार्य गरेको भन्ने शव्द राखि ठेक्का आह्वान गर्ने गरेको पाइएको छ । सो सम्बन्धि निर्माण कार्य गरेका निर्माण कम्पनिहरु नेपालमा १ या २ मात्र भएको र सोहि कम्पनि सँग मिलोमतो गरी स्थानीय तहहरूले ठुलो रकम असुल गर्ने गरेको निर्माण व्यवसायी दिनेश बोहराले बताए । उनले भने बोलपत्र आह्वान गर्दा स्थानीय तहले असलार मेसिनरी वाल सम्बन्धि कार्य गरेको भन्ने शब्द राख्ने गरेको पाइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।