सैघाली खबर,
काठमाडौं, २४ माघ
राष्ट्रिय सभा सदस्यकालागिआजनिर्वाचनहुँदै छ । ३२ सदस्यीय पदका लागि निर्वाचन हुन लागेको हो । बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान गर्ने कार्यक्रम तय गरिएको छ ।प्रत्येक प्रदेशमाकम्तीमातीनमहिला, अन्यतर्फ तीनजना, एक दलित र एक अपांगता(अल्पसंख्यक) सहित आठजना निवार्चित हुने व्यवस्था छ । ५
९ सदस्यीय राष्ट्रिय सभामा ५६ सदस्यनिर्वाचनको माध्यमबाट र बाँकीतीन सदस्य राष्ट्रपतिले मनोनीत गर्ने संवैधानिक प्रावधान छ । ५६ मध्ये २४ जना निर्विरोध निवार्चित भएकाले बाँकी ३२ सदस्यका लागि मात्र निर्वाचन हुन लागेको हो ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाकाअध्यक्ष र उपाध्यक्ष गरी एक हजार पाँच सय ६ र सातै प्रदेशबाट निर्वा्चित प्रदेश सभा सदस्यपाँच सय ५० गरी कुलदुई हजार ५६ मतदाता छन् ।प्रदेश २ बाट आठजना राष्ट्रिय सभा सदस्यनिर्विरोध निर्वा्चित भइसकेकाले अन्य ६ प्रदेशमामात्रै निर्वाचन हुने आयोगले जनाएको छ ।
आयोगले प्रदेश २ बाहेकका प्रदेशमा उच्च अदालत रहेका ठाउँमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । प्रदेश १ को विराटनगर, ३ को ललितपुरको पाटन, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७को डोटीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।आज निर्वाचन पछि तत्काल मतगणना सुरु गरिने र ढिलोमा २५ गतेसम्म सबै स्थानको मतपरिणाम सार्वजनिक गरिसक्ने तयारी रहेको आयोगका प्रवक्तानबराज ढकालले जानकारी दिनुभयो । ३२ जना निर्वािचत गर्नका लागि हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा ५२ जना प्रतिस्पर्धामा उत्रिएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।