तुलसीपुरको लाईभसाईस कलेजमा तोडफोड



 

सैघाली खबर,
तुलसीपुर २४ माघ ।

तुलसीपुरको क्याम्पस अफ लाईभ साईन्सेसमा तोडफोड भएको छ । मंगलबार दिउसो तीन बजे तिर सर्जन परियार नेतृत्वको टोलीले तोडफोड गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । क्याम्पस प्रशासनका अनुसार परियार नेतृत्वको एक टोली एमाले निकट बिद्यार्थी संगठन अनेरास्वबियु गठन गर्ने भनी क्याम्पसमा पुगेको थियो ।

 

बिद्यालय प्रशासन र त्यहाँ अध्ययनरत बिद्यार्थीहरुले संगठन बिस्तार गर्ने कुरा अस्वीकार गरेपछि परियार नेतृत्वको टोलीले ताला लगाएको थियो । क्याम्पसमा ताला लागेको थाहा पाएपछि अनेरास्वबियु दाङका अध्यक्ष बिरबल खड्काको नेतृत्वमा गएको टोलीले परियारलाई यस अघि पार्टीले कारबाही गरिसकेको भन्दै आधिकारीक नभएको बिज्ञप्ति जारी गरेको थियो ।

 

साथै खड्का नेतृत्वको टोलीले उक्त ताला पनि खोलेको थियो । त्यसको केही समय पछि बिद्यालयको तोडफोड भएको थियो । बिद्यालयका ६ वटा सिसाका ढोका तथा झ्याल र कही कुर्सिहरु तोडफोड गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्