केएर नेपाल र दलित सामाजिक विकास केन्द्र कपिलवस्तु द्वारा लुम्बिनी प्रादेशिक अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण



कपिलवस्तु : केएर नेपाल र दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको सहयोगमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई बिश्वब्यापी रूपमा फैलिएकाे कोरोना (कोभिड १९) महामारी नेपाललाई पनि धेरै नै प्रभावित पारेकोले महामारी बाट बच्न र नियन्त्रणका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रमुख मेडिकल सुपरिटेणडेणट डा. राजेन्द्र प्रसाद खनाललाई सेनिटाइजर ५० मिलिमिटर , गालोप्स २० बाेक्स , देतबाड़ी झोला १० , आक्सीजन कैंसीडेटर १० लिटर (चार सेट) , साबुन ५०, ऑक्सिजन सिलिंडर १० लिटर (दुई सेट ), प्लास एक्सीमिटर १०, पिपिसेट ४५ सेट , फेसशील ५०० पिस बीपाप मशीन १ , र माक्स १०० पाेका लगायत अन्य स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको दलित सामाजिक विकास केन्द्र कपिलवस्तु का अध्यक्ष राम सरण रैदास ले बताउनु भयो ।

यूएमएन र दलित सामाजिक विकास केन्द्रको संयक्त साझेदारीमा संचालित सिक्यूअर परियोजना अन्तरगत यशोधरा गाउपालिका को कोरोना अस्पालतलाई ६ वटा अक्सिजन सिलिन्डर समेत गाउपालिका अध्यक्ष गिरीजेश कुमार पाण्डे, स्वास्थ्य शाखा प्रमुख श्री विरेन्द्र मिश्र, डा. नसिम अख्तर साझा प्रयास अभियानका दिनेश हमाल लगायतको राेहबर मा हस्तान्तरण गरियो ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवल मा स्वास्थ्य सामाग्री हस्तान्तरण मा
दलित सामाजिक विकास केन्द्र कपिलवस्तु का अध्यक्ष राम सरण रैदास ,
उपाध्यक्ष संजय कुमार कोरी , स्वयंमसेवक संगिता चाैरसिया र राजेश कुमार चाैधरी काे उपस्थिति रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्