रुपचन्द्र दिवस : ‘थाहा’ अभियानका अगुवा विष्ट किन चर्चित छन् ?



काठमाडौं । थाहा आन्दोलन भनेको हरेक कुरा मान्छेले थाहा पाउनु पर्ने आन्दोलन हो । थाहा अर्थात् मान्छेमा चेतना जनाउने अभियान ।

हो, यही अभियानका संस्थापक अभियन्ता हुन् रुदाने अर्थात रुपचन्द्र दामन नेपाल । उनको खास नाम रुपचन्द्र विष्ट भए पनि उनी आफूलाई रुदाने भनेर चिनाउँथे ।

उनै रुदानेले थालेका हुन् निष्पक्ष सक्रियताको अभ्यास थाहा आन्दोलन । उनको जन्म वि.स १९९० पौष २६ गते बाबु पदमबहादुर विष्ट र आमा चित्रकुमारीको कोखबाट मकवानपुरको दामनमा भएको हो ।

सम्भ्रान्त परिवारमा जन्मेका उनी दार्शनिक नेता थिए । राष्ट्रिय पञ्चायतका सदस्य समेत बनेका उनी किसान र मजदुरको पक्षमा राजनीति गर्दथे । जनमुखी राजनीति गरेर पटक पटक जेल जीवन बिताएका रुदानेले अहिलेका प्रधानमन्त्री केपी ओलीसँग समेत जेल जीवन बिताएका थिए ।

उनी भन्ने गर्दथे,‘केटाकेटी बिग्रे बाबुआमा दोषी, जनता बिग्रे सरकार दोषी, सरकार बिग्रे व्यवस्था दोषी, व्यवस्था बिग्रे अगुवा दोषी । यी र यस्ता थुप्रै महावाणीहरु छन् उनका जसले अचेलको राजनीति र नयाँ पुस्तालाई सोचमग्न बनाएको छ ।

रुदानेको २०५६ साल असार ७ गते निधन भएको थियो । उनै जनमुखी नेता रुदानेको आज २२औं स्मृति दिवस हो । उनको जन्मथलोमा कार्यरत फरक सोचका अभियन्ताहरुले आजको दिनलाई थाहा दिवसको रुपमा मनाउँदै आएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्