पत्रकार परिचयपत्र दुरुपयोग रोक्न माग



असार ७, काठमाडौँ । अनलाइन टिभी पत्रकार सङ्घले पत्रकार परिचयपत्रको दुरु’पयोग भइरहेकाले रोक्न माग गरेको छ । सङ्घका महासचिव पवन फुयाँलले आइतबार प्रेस वक्तव्य जारी गर्दै बन्दाबन्दीमा पत्रकारका नाममा गैर पत्रकारबाट पत्रकार परिचयपत्रको प्रयोग बढेकाले रोक्न माग गरेका हुन् ।
 
गैरपत्रकारले पत्रकारको परिचयपत्र लिएर बन्दाबन्दीका बेलामा पनि हिँडडुल गर्ने, पत्रकारले पाउने पहुँचको प्रयोग गर्ने लगायतका क्रियाकलाप भइरहेको सङ्घले जनाएको छ । 

सङ्घले पत्रकार परिचयपत्रको दुरु’पयोग रोक्न, छानबिनलाई कडाइ गर्न, शङ्का लागेमा सोधिखोजी गर्न र दुरु’पयोग भएको पाइएमा सम्बन्धित निकायमा खबर गर्न पनि सङ्घले सबैलाई अनुरोध गरेको छ ।  

साथै पत्रकार परिचयपत्र दुरु’पयोग नियन्त्रण गर्ने सिलसिलामा प्रेस स्वतन्त्रतालाई असर पर्ने गतिविधि नगर्न पनि सङ्घले सरोकारवाला सबैको ध्यानाकर्षण गराएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्