५० करोड लागतमा कबड्डी कभर्डहल बन्ने



सैघाली खबर,
बर्दिया, २४ माघ–। कबड्डी खेलको विकासका लागि बर्दियाको बाँसगढी नगरपालिका –४, मगरपुरमा कबड्डी बहुउद्देश्यीय कभर्ड हल मंगलबार शिल्यान्यास गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले कभर्ड हलको शिल्यान्यास गर्दै कार्यक्रममा झण्डै ५० करोडको लगानीमा निर्माण हुन लागेको खेल मैदान ३ वर्ष भित्रमा निर्माण सम्पन्न हुने बताउनुभयो ।

कभर्ड हलमा खेलकुद हल, गोष्ठी सेमिनार ट्रेङिग हल, अध्ययन गर्ने कोठा, होस्टेल लाईब्रेरी, मेडिकल, कार्यालय लगायतका भौतिक संरचना समेत निर्माण हुने जानकारी गराउनुभयो ।

नगरस्तरीय खेल मैदान निर्माणका लागि र खेलका बारेमा अध्ययन गर्न मिल्ने गरी निर्माण गर्न थालिएको बहुउद्धेशीय कभर्डहल सबैभन्दा देशकै ठूलो खेलकुद एकेडेमी हुने बताइएको छ ।

यस क्षेत्रमा कभर्ड हल निर्माण कार्य सुरु भएपछि खेलाडी एवं स्थानीय युवाहरु खुशी भएका छन् । जिल्ला खेलकुद विकास समिति बर्दियाको आयोजनामा शिलान्यास कार्यक्रम भएको जिल्ला अध्यक्ष खगेन्द्र खनालले जानकारी दिनुभयो ।

कार्यक्रममा बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, राष्ट्रिय कबड्डी संघका अध्यक्ष तुल्सा थापा, क्षेत्रीय खेलकुद विकास समितिका भीम वली, बाँसगढी नगरपालिकाका नगरप्रमुख शालिकराम अधिकारीलगायतका व्यक्तिको उपस्थिति रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्