कपिलवस्तुमा हिन्दु युवा शक्ति कपिलवस्तुद्वारा योग गरेको विश्व योग दिवस मनाइयो 



धनी राम केरी,  कपिलवस्तु ।  जिल्लाको महाराजगन्ज नगरपालिका वडा नं -१ महाराजगन्ज मा रहेको जानकी मन्दिरमा हिन्दु युवा शक्ति कपिलवस्तु का सदस्यहरू को सहभागिता मा विश्व योग दिवस मनाइएको छा। बदलिँदो जीवनशैलीका कारण उत्पन्न हुने विभिन्न किसिमका शारीरिक रोग तथा मानसिक तनाव समाधान गर्न का लागि योग नै राम्रो उपाय रहेको पाइन्छ ।

रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ । बुढेसकालमा पनि जवान झैँ स्वस्थ र स्फूर्त बनाउँछ भने योगका आसनहरूले मांसपेशीलाई बलियो बनाउँछ। योगले तनाव भगाउँछ। मीठो निद्रा लगाउँछ। भोक जगाउँछ र पाचन प्रक्रियालाई सही ढङ्गबाट चलाउँछ। प्राणायामले श्वासप्रश्वासको गति नियन्त्रण गर्छ ।

हाम्रो स्मरण शक्ति बलियो हुन्छ र शरीरलाई थप शक्ति प्राप्त हुन्छ अन्य धेरै हाम्रो जीवन मा परिवर्तन आउँछ योग गरे बापत । हिन्दु युवा शक्ति कपिलवस्तु का अध्यक्ष फागु प्रसाद पाण्डे ले बताउनु भयो । कपिलवस्तु हिन्दु युवा शक्ति कपिलवस्तु अध्यक्ष फागु प्रसाद पाण्डे , महासचिव विष्णु प्रसाद तिवारी , सचिव अभिषेक माणी यादव , प्रवक्ता माेतिलाल मिश्र र सल्लाहकार बुद्धिनाथ गौड लगायत अन्य सदस्यहरू को सहभागिता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्