‘प्रतिगमन परास्त नहुँदासम्म विपक्षी गठबन्धन कायम नै रहन्छ’ : प्रचण्ड



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमन परास्त नहुँदासम्म विपक्षी गठबन्धन कायम रहने बताएका छन् । पार्टीको केन्द्रीय समितिको भर्चुअल बैठकमा अध्यक्ष प्रचण्डले प्रतिगमनलाई पराजित गर्न पाँच दलको गठबन्धन थप सशक्त बनाइने बताएका हुन् ।

विपक्षी गठबन्धनमा विभाजन नआउने उनको भनाइ थियो । ‘प्रतिगमन परास्त नहुँदासम्म विपक्षी गठबन्धन कायम रहने हामीबिच समझदारी भएको छ। हाम्रो एकता कायम रहनेमा ढुक्क हुनुस्,’ प्रचण्डको भनाइ उद्धृत गर्दै नेता मात्रिका यादवले भने,निर्वाचन आयोगले जनप्रतिनिधिहरूलाई कारबाही केन्द्रीय समितिको बैठकबाट हुनुपर्ने बताएपछि माओवादी केन्द्रले १४ जना स्थानीय तहका जनप्रतिधरिलाई कारबाही गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्