सार्वजनिक यातायात सञ्चालनका लागि सहजीकरण गर्न व्यवसायीहरूको माग



काठमाडौँ । यातायात व्यवसायीहरूले सार्वजनिक यातायात सञ्चालन गर्न माग गर्दै सरकारसमक्ष ज्ञापन-पत्र बुझाएका छन् । कोरोना भाइरसको कारण विगत लामो समयदेखि बन्द हुँदै आएको सार्वजनिक यातायात सञ्चालन गर्न पाउनुपर्ने माग सहित सुन्दर यातायात प्रालिले सरकारसमक्ष ज्ञापनपत्र बुझाएको हो ।

सोमबार सुन्दर यातायात प्रालिका अध्यक्ष भेष बहादुर थापाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठलाई ज्ञापन–पत्र बुझाउँदै सार्वजनिक यातायात सञ्चालन गर्न सहजीकरण गर्न माग गरेका हुन् ।

लामो समयसम्मको निषेधाज्ञाले यातायात व्यवसायी तथा श्रमिकहरू प्रत्यक्ष मारमा रहेकाले निश्चित स्वास्थ्य मापदण्ड पालना गरी तत्काल सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण हुनुपर्ने उनले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्