काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार २९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९०४ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार २९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ६ हजार ५८३ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ५८४ जना र ४ हजार ३२१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ सय १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको कुल सङ्ख्या ६ लाख ४९ हजार ९४८ पुगेको छ ।
कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ हजार १३० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेहरूको सङ्ख्या ५ लाख ५९ हजार ९२८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १० हजार ९०४ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३४ लाख २२ हजार ७३२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप ४६ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८ हजार ७७२ पुगेको छ

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।