सैघाली खबर,
तुलसीपुर २४ माघ ।
तुलसीपुर ६ बरुवागाउँमा रहेको गोर्खा सेकेन्डरी स्कुलले ७ औ बार्षिक खेलकुद प्रतियोगीता गरेको छ । यस बर्ष पनि बिभिन्न प्रतियोगीतात्मक कार्यक्रम गरेको बिद्यालयका निमित्त कार्यकारी अधिकृत दुर्गा केसीले वताए ।
उनका अनुसार माघ २१ देखी २३ सम्म बिभिन्न प्रतियोगीतात्मक कार्यक्रम गरिएको हो । मंगलबार एक कर्याक्रमकाबीच बिजेता बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो । निमित्त कार्यकारी अधिकृत केसीका अनुसार छात्रछात्रा दौड, हाईजम्प, लम्जम्प, भलिबल, फुटबल , सटफुट, चार हजार मिटर म्याराथुन प्रतियोगीता भएका हुन् । बिद्यालयमा गठन भएका चार वटा हाउस मध्य अधिकांस प्रतियोगीतामा ग्रीन हाउस बिजय भएको थियो ।
बिगत ७ बर्ष देखी बिद्यालयले खेलकुद प्रतियोगीता गरिरहेको छ । बिद्यार्थीहरुको मानसिक संगै शारिरीक बिकासमा मद्धत पु¥याउन प्रतियोगीताको आयोजना गरिएको बिद्यालयका प्रिन्सीपल बिजय जिएमले वताए । खेल पनि राष्ट्रको गहना भएको भन्दै बिद्यार्थीहरुलाई खेल पनि आबश्यक हुने उनको भनाई थियो ।
गोर्खा एजुकेशन गु्रपका अध्यक्ष मान बहादुर बुढाको अध्यक्षता तथा १९ नं. बाहिनीका साहयक बाहिनीपति भक्त बहादुर जोसीको प्रमुख आतिथ्य तथा तुलसीपुर उपमहानगरपालिका ६ का अध्यक्ष नबराज लामिछानेको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अबशरमा प्रमुख अतिथि जोसीले बिद्यालयमा हुने यस्ता खेलकुदले भबिष्यमा राष्ट्रलाई फाईदा हुने बताएका थिए । बिद्यालय स्तरमा हुने यस्तै खेलकुद प्रतियोगीताबाट नै पाठ सिकेर भबिष्यमा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सकिने उनले वताए ।
कार्यक्रमका बिशिष्ट अतिथि वडा अध्यक्ष नबराज लामिछानेले सामुदायीक र संस्थागत बिद्यालयबीच सहकार्य गरेर अगाडि बढ्नु पर्ने वताए । शिक्षा क्षेत्रको बिकासका लागि संस्थागत बिद्यालयको पनि भुमिका महत्वपुर्ण रहेको भन्दै आउँदा दिनमा पनि सहकार्य गरेर अगाडि बढ्नु पर्ने वताएका थिए ।
कार्यक्रममा स्रोत ब्यक्ति बिष्णु खत्री, स्कुलका सल्लाहकार प्रमोद न्यौपाने, शशस्त्र प्रहरी बेश तुुलसीपुरका डिएसपी जगदीश जोशी, अभिभाबक भिम खत्री, खेलकुद शिक्षक मोहन स्वर्णकारलगायतले मन्तब्य ब्यक्त गरेका थिए । साथै कार्यक्रममा थारु नृत्य पनि प्रस्तुत गरिएको थियो ।
बिद्यालय व्यबस्थापन समितिका उपाध्यक्ष डोर बहादुर जिसीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा बिद्यार्थीहरुले स्वागत गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण शिक्षक कमल भण्डारीले गरेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।