लागु औषध खैरो हिरोइन सहित १ जना प’क्राउ



कैलालीमा लागु औषध खैरो हिरोईन सहित १ जना प’क्राउ परेका छन् । गत ५ गते यस जिल्ला प्रहरी कार्यालय कैलालीबाट विशेष सूचनाको आधारमा खटिई गएको प्रहरी टोलीले जिल्ला कैलालीको भजनी नगरपालिका वडा नं.०३ पडरीया स्थित ऐ.ऐ.वडा नं. ०५ कौवाखेडा बस्ने ३२ वर्षीय डम्मर साउँदलाई चेकजाँच गर्ने क्रममा उनलाई प्रहरी ले नियन्त्रणमा लिएका थिए ।

साउँदको साथबाट ९ ग्राम लागू औषध(खैरो हेरोइन) जस्तो देखिने धुलो पदार्थ फेला पारी रितपूर्वक बरामद गरिएको थियो

साउदलाई प’क्राउ गरी इलाका प्रहरी कार्यालय भजनीबाट लागु औषध(खैरो हेरोइन) शीर्षकमा मुद्दा दर्ता गरी सम्मानित कैलाली जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्