मन्त्रिपरिषद् विस्तार र पुनर्गठनविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै



काठमाडौं । मन्त्रिपरिषद् विस्तार र पुनर्गठनविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितले दायर गरेको रिटमा दुवै पक्षलाई छलफलका लागि आज बोलाइएको थियो ।

आज सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेमा पछिल्लो पटक दुई पटक विस्तार भएको मन्त्रिपरिषद् बदर हुनेछ। रिटमा कामचलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन असंवैधानिक भन्दै अन्तरिम आदेशमार्फत बदर गर्न माग गरिएको छ ।

यसअघि जेठ २५ गते सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गर्दै छलफलमा बोलाएको थियो। सर्वाेच्चले लिखित जवाफ माग गरेपछि फेरि मिन्त्रपरिषद् विस्तार गरेकाले पुरक निवेदनसमेत दर्ता भएको छ। यसअघि न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले विपक्षीलाई मन्त्रिपरिषद् पुनर्गठनको कारण लिखित रुपमा पेश गर्न भनेको थियो ।

अब दुवै पक्षसँग छलफल गरेर अन्तरिम आदेश दिने वा नदिने टुंगो लगाउनेछ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र राजकुमार सुवालसहित ६ जनाले मन्त्रिपरिषद् विस्तार र पुनर्गठनविरुद्ध रिट दायर गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्