मुख्य समाचार

उपप्रधानमन्त्री राजेन्द्र महतोलाई प्रवेश निषेध भन्दै सिंहदरबार गेटमै टासियो यस्तो सूचना

By Thah Online

June 22, 2021

काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महतोलाई सिंहदरबार निषेध गरिएको उल्लेख गर्दै सिंहदरबार दक्षिण गेटमा पर्चा टाँसिएको छ । सोमबार नयाँ पार्टी, नेपालको नामबाट उपप्रधानमन्त्री महतोले नेपाली नागरिक भएको प्रमाण दिन नसकेको भन्दै सिंहदरबार दक्षिण गेटमा पर्चा टाँसिएको हो ।

सूचनामा भनिएको छ, ‘नयाँ पार्टी नेपालले दिएको समय सीमा भित्र आफू नेपाली नागरिक हुँ भन्ने प्रमाण देखाउन नसक्ने कथित भारतीय नागरिक राजेन्द्र सुडी महतोलाई हालको लागि सिंहदरबार क्षेत्रमा प्रवेश निषेध गरिएको छ, क्रमशः, देशभरि नै प्रवेश निषेध गरिनेछ ।