लाईसेन्सको फाराम कहिले खुल्छ ? हेर्नुहोस्



भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले निषेधाज्ञा खुले पनि तत्काल सवारी अनुमति पत्र (लाइसेन्स) आवेदन खोल्न नसकिने बताएको छ ।

कोरोनाको पहिलो लहर भन्दा दोस्रो लहर घातक र शक्तिशाली रहेको भन्दै सङ्क्रमणको जोखिम उच्च रहेकाले जति नै चाप भए पनि खोल्न नहुने निष्कर्ष निकालेको हो । सरकारले आगामी असार दोस्रो साताबाट उपत्यकामा ५० दिनदेखि जारी लकडाउन खोल्ने तयारी गरिरहेको छ। त्यसै गरी काठमाडौँ भित्र चल्ने सवारी साधनलाई जोरबिजोर प्रणालीमा सञ्चालन गर्ने भएको छ ।

यातायात विभागमा भएको छलफलमा जोखिम अझै रहेको र यातायातका सेवामा उच्च चाप हुने हुँदा बन्दाबन्दी खुले पनि सेवाहरू सञ्चालन गर्न नहुने निर्णयमा पुगेको यातायात विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए । अहिले सबैभन्दा कठिन विषय यातायात सेवाका लाइसेन्स आवेदन छ’ उनले भने ‘लाखौँको सङ्ख्यामा लाइसेन्स आवेदन दिएर बसेका छन्, त्यसको व्यवस्थापन यातायात कार्यालयहरूलाई चुनौतीको विषय बनेको छ’ ।

अर्को तर्फ यातायात विभागसँग ट्रायल तथा प्रयोगात्मक परीक्षा पास गरेकालाई दिइने स्मार्टलाइसेन्स समेत पर्याप्त छैन । निषेधाज्ञाको कारण लाखौँको सङ्ख्यामा नयाँ लाइसेन्स आवेदक समेत कुरेर बसिरहेका हुन्छन् जसको कारण यातायात कार्यालयहरूले भिड थाप्न नसक्ने विभागको निष्कर्ष छ ।

बसैँदेखिको सवारी लाइसेन्स प्रणालीलाई व्यवस्थित गर्न नयाँ कार्य योजनाका साथ अघि बढ्नुपर्ने समय आएको बताए । नयाँ ट्रायल परीक्षा प्रणाली अर्थात् अङ्क प्रणाली लागूको अन्तिम चरणमा रहेको समेत उनको भनाई छ ।

गत बर्षपनि कोरोना भाइरसका कारण पहिलो लकडाउन भएपछि एकै पटक १० महिनापछि सवारी लाइसेन्स आवेदन खोलिएको थियो । तर, खोलिएको तीन महिना पनि नहुँदै यातायातका सबै सेवा तथा सुविधा पुनः बन्द अवस्थामा रहेको छ ।

यदि नेपालमा कोरोना भाइरस सङ्क्रमण दर नर्मल हुँदै गए र जोखिम कम भएको अवस्थामा दसैँ तिहारपछि मात्रै सवारी लाइसेन्स आवेदन खुल्ला गर्न सकिने बताएको छ । यो रोग कहिले सकिन्छ र नर्मल हुन्छ एकिन गर्न नसेकेको कारण धेरै भिडभाड हुने यातायात सेवा पनि अनिश्चित जस्तै भएको छ’ घिमिरेले मेरो लगानीसँग भने ।

यातायात विभागले लाइसेन्स प्रणालीलाई व्यवस्थित गर्न अस्थायी लाइसेन्स छपाई प्रक्रिया पनि अघि बढाएको छ । गत जेठ पहिलो हप्ताबाट लागू गर्ने भएको उक्त प्रणालीलाई पनि निषेधाज्ञाले पछि धकेलेको छ ।

त्यसै गरी यातायात व्यवस्था विभागले सवारी अनुमति पत्र सम्बन्धी निर्देशिका जारी गरी सवारी प्रयोगात्मक ट्रायल परीक्षालाई अङ्क प्रणालीमा रूपान्तरण गर्ने प्रक्रिया पनि हाल रोकिएको छ । यो प्रणाली अब कोरोना सङ्क्रमण दर कम र जोखिम न्यूनीकरण भएपछि मात्रै लागू हुने विभागले जनाएको छ । मेरो लगानीमा समाचार प्रकाशित छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्