यसकारण राख्नैपर्छ, प्राथमिक उपचार बक्स, जानी राखौ बुझीराखौ



सैघाली खबर,
भनिन्छ, दशा बाजा बजाएर आउँदैन ।

सही हो, कुनैपनि दुर्घटना पूर्व सूचना बिना नै आउँछ । त्यसैले दुर्घटना भइसकेपछि कसरी बच्ने भन्दा पनि हुनुअघि कसरी सर्तक रहने भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

 

तर, कुनैपनि अवस्थामा दुर्घटना हुनसक्छ । जहाँ पनि, जहिले पनि, जसरी पनि ।

यस्ता संभावित दुर्घटनाबाट हुने क्षतिबाट बच्नका लागि प्राथमिक उपचारको आवश्यक हुन्छ । प्राथमिक उपचार भनेको कुनैपनि घाइतेको प्रारम्भिक उपचार हो, जसले ठूलो जोखिम घटाइदिन्छ ।

कुनैबेला घरमा सामाग्रीहरु झरेर चोट लाग्न सक्छ, कहिले हामी भर्‍याङमा चिप्लन सक्छौ । कहिले कुकुरले टोक्न सक्छ । कहिले सर्पले डस्न सक्छ । यावत् अप्ठ्याराबाट बच्नका लागि प्राथमिक उपचारको आवश्यक्ता हुन्छ । र, त्यसका लागि घरमा राख्नैपर्छ, प्राथमिक उपचार बक्स । चलन चल्तीको भाषामा, फस्र्ट एड किट ।

प्राथमिक उपचार बक्समा केहि उपकरण, औषधी आदि राख्न सकिन्छ । यी सामाग्रीको सही प्रयोग हामी आफै पनि गर्न सक्छौं । यसको प्रयोगबारे स्वस्थ्य केन्द्रहरुबाट तालिम पनि लिन सकिन्छ ।

फस्र्ट एड किट कसरी बनाउने

बजारमा सजिलै खरीद गर्न सकिने यस्ता किटमा आवश्यक पर्ने सामानहरु राखेर घरमै पनि तयार पार्न सकिन्छ ।

घरमा तयार पारिएको यस्ता किटलाई परिवारका कुनै पनि सदस्यले सजिलै फेला पर्ने ठाउँमा राख्नुपर्छ । र, आवश्यक परेको बेला सजिलै खोल्न तथा प्रयोग गर्न सकिने गरी सबैले देख्ने ठाउँमा हुनुपर्छ ।

के के राख्ने 

आकस्मिक अवस्थामा प्रयोग गरिने यस्ता किटमा यस्ता सामाग्री राखिनु पर्छ जसमा उक्त सामाग्री कुन समस्यामा कसरी प्रयोग गर्ने र यसको प्रयोगले कसरी समस्या कम गर्न सकिन्छ भनेर स्पष्ट उल्लेख गरिएको होस् ।

त्यसैले, उक्त किटमा मर्केको ठाउँमा पट्टी ९यान्डेज० भए, नभएको सुनिश्चित गन जरुरी छ । फस्र्ट एड सम्बन्धि कक्षा लिएको खण्डमा खुट्टा मर्किदा सही तरीकाले पट्टी गर्न सकिन्छ ।
त्यस्तै, घाउ छोप्न गज वा कपास भए, नभएको तथा उक्त कपास तथा पट्टीलाई छालामा टाँस्नका लागि मेडिकल टेप भए, नभएको सुनिश्चित गर्न जरुरी छ ।

फस्ड ऐड किटमा सामान्य चोटपटकमा प्रयोग गरिने सामान्य टेप ‘व्याण्डएड’ पनि राख्न जरुरी छ । जसको प्रयोगले सानोतिनो घाउ हुदाँ रगत बग्न दिँदैन ।

त्यस्तै, खुला घाउलाई सफा गर्न रविङ्ग अल्कोहल, घाउ सफा गर्ने क्रममा संक्रमण नहोस् भन्नका लागि ह्याण्ड स्यानिटाईजर तथा हात काटेमा वा पाछिएमा संक्रमण नहोस् भन्नका लागि एन्टीबायोटिक क्रिम राख्न पनि जरुरी छ ।

हुन त फस्र्ट एड किटमा अन्य धेरै कुरा समावेश गर्न सकिन्छ, त्यो व्यक्ति र आकस्मिक अवस्थामा भर पर्छ ।

फस्ट ऐड किटको प्रयोगले सबै उमेर समूहका मानिसलाई दुर्घटनाबाट बचाउन सकिने हुदाँ यसलाई हरेक घरमा राख्न जरुरी छ । दुर्घटना जहिले पनि हुनसक्छ ।

त्यसैले, यस्ता किटलाई सपरिवारको पहुँचमा हुने गरी राखिएको खण्डमा जस्तोसुकै ठूलो दुर्घटनाबाट पनि परिवारका सदस्यालाई बचाउन सकिन्छ । यसले घाउ कम गर्न मद्दत गर्ने मात्र नभई सामान्य चोटपटकलाई गम्भीर हुनबाट समेत बचाउँछ ।

त्यसैले, आकस्मिक अवस्थामा प्रयोग गरिने यस्ता किट घरमा जगेडा हुन निकै आवश्यक छ ता की सामान्य चोटपटकमा समेत यसको प्रयोगद्वारा उक्त चोटपटकलाई गम्भीर हुनबाट सजिलै बचाउन सकियोस् ।

यस्ता किटलाई हावा नपस्ने चिसो तथा खुला ठाउँमा राखिनुु पर्छ । साथै बालबालिकाको पहुँचबाट टाढा राखिनु पर्छ ।

सम्भवतः इन्फोग्राफिक्समा पनि प्रयोग गर्न सकिन्छ ।

फस्र्ट एड किटको प्रयोग 

किटाणुको संक्रमणबाट बचाउन

काटेको तथा चोटपटकका कारण हुनसक्ने संक्रमणको क्षति न्यून गर्न सकिने

भाचिएको (हात, पाखुरा,खुट्टा, प्लास्टरमा राखेर धरै क्षति एंव दुखाई न्यून गर्न सकिन

धेरै रगत खेरजानबाट तत्का खोक्न सकिने

फस्ट एड किटमा राखिने औषधीको सुची रु
(ज्वरो
(दुखाई कम गर्ने
(एलर्जी
(अरु सामान्य रोगहरु ९जस्तै पेट दुखेको, टाउको दुखेको, झाडापखाला तथा वान्ता रोक्ने ०

कहाँ कहाँ प्रयोग गर्न सकिन्छ फस्ट एड किट बक्स

(घरमा
(पिकनिक
(हाइकिङ्ग
(घुमघाम
(पारिवारिक घुमघाम
(विकेन्ड आउटिङ्ग
(खेलकुद

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्