दाङमा लकडाउन खुकुलो : यातायात जोरबिजोर प्रणालीमा चल्ने



दाङमा कोरोना रोकथामका लागि गरिएको आंशिक लकडाउन खुकुलो हुने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले थप एक हप्ता लकडाउन लम्बाउने निर्णय गरेको हो ।

बैठकले बजारहरू बिहान ६ बजेदेखि भने दिउँसो २ बजे सम्म  सञ्चालन गर्न पाउने निर्णय गरेको छ । अब देखी सरकारी कार्यालय र बैङ्कहरू दिउँसो ३ बजे सम्म खुल्न पाउने भएको छ ।

कुनै दिन दैनिक साढे ४ जना सङ्क्रमित भेटिने र १७ जनाको सम्म मृत्यु हुने गरेको अवस्थाबाट अहिले भने कोरोना सङ्क्रमण निकै घट्दो अवस्थामा आएको छ । तर अझै सजकता अपनाउनु पर्ने अवस्था रहेको भन्दै आज देखी फेरी एक साता लकडाउन थप्ने तयारी गरिएको छ । दाङमा बैशाख यता ७७२० जनामा कोरोना संक्रमण, ति मध्य ७२६६ जना निको र १९८ जनाको मृत्यु भएको छ ।

व्यापार व्यवसायलाई थप समय सम्म खोल्न दिने, निजी सवारीका साधनलाई जोर बिजोरबाट सञ्चालनमा दिने तर्फ केही खुकुलो पार्दै एक साता लकडाउनलाई लम्ब्याउने सोच रहेको छ,–कोरोना सङ्कट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्