खसीको मासु भन्दै बाख्राको मासु बेच्ने दुई जना प’क्राउ



रौतहट । रौतहटमा खसीको मासु भन्दै बाख्राको मासु बेच्ने दुई जना व्यापारी प’क्राउ परेका छन् ।

प’क्राउ पर्नेहरूमा रौतहट जिल्ला गौर नगरपालिका वडा नम्बर १ नगरपालिका बजारमा बाख्राको मासुलाई खसीको मासु भन्दै बेचेको आरोपमा गौर नगरपालिका वडा नम्बर ३ का २४ वर्षीय लाल महमम्द र सोही ठाउँका ३० वर्षीय महमम्द नसिवलाई प्रहरीले प’क्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटको अनुसार उनीहरूले बाख्राको शरीरमा खसीको अण्डकोष केमिकलले टाँसेर उपभोक्तालाई खसीकै मासु हो भन्दै बेचिरहेका थिए । उनीहरूलाई सादा पोसाक गएको प्रहरी टोलीले ३०/३५ किलो बाख्राको मासुसहित रंगेहात प’क्राउ गरेको हो ।

उनीहरू खसीको मासु भन्दै उपभोक्तालाई बाख्रोको मासु बेच्दै आएका थिए । उपभोक्ताको गुनासोको आधारमा उनीहरूलाई प’क्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई कारबाहीको प्रक्रिया अगाडी बढाएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्