अपराध

क्लब हाउसमा प्रहरी महानिरीक्षकसहितको फेक आइडी बनाउने पक्राउ

By Thah Online

June 22, 2021

नेपाल प्रहरीको साइबर ब्युुरोले सामाजिक सञ्जाल क्लब हाउसमा नेपाल प्रहरीको लोगोलगायत दुरुपयोग गरेको आ’रोपमा एक जनालाई प’क्राउ गरेको छ । ब्युरोको एसएसपी नविन्द अर्यालले भक्तपुरको चाँगुनारायण नगरपालिका–६ बस्ने २० वर्षीय इसान लामिछानेलाई प’क्राउ गरेको जानकारी दिए ।

उनका अनुसार सामाजिक सञ्जालमा दुरुपयोग गरी भ्रामक तथा भ्रमपूर्ण अफवाह फैलाएको कसुरमा लामिछानेलाई सोमबार भक्तपुरबाट प’क्राउ गरिएको हो । काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुसन्धान भइरहेको एसएसपी अर्यालले बताए ।

क्लबहाउसमा नेपालको प्रहरीको लोगो, पोसाक तथा प्रहरी अधिकारीको तस्बिर दुरुपयोग गरी प्रहरी अधिकारीकै नाममा फेक आइडी बनाएको पाइएको थियो ।