थप ४५२२ जनामा संक्रमण पुष्टि, ४१ जनाको मृत्यु



काठमाडौँ । मुलुकभर पछिल्लो २४ घण्टामा ४ हजार ५२२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ९१३ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा ४ हजार ५२२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १२ हजार २०४ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३ हजार ७०३ जना र ४ हजार ७०९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको कुल सङ्ख्या ६ लाख ५४ हजार ४७० पुगेको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४ हजार ९५४ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेहरूको सङ्ख्या ५ लाख ६४ हजार ८८२ पुगेको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ४१ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८ हजार ८१३ पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्