सिन्धुपाल्चोकमा पीडितको पक्षमा काम नगरेकाे भन्दै मेयरकाे गाडी ताेडफाेड



सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्याल चढ्ने नगरपालिकाको गाडी तोडफोड भएको छ । नगरपालिकाको स्वामित्वमा रहेको बा २ झ १६५० नम्बरको स्र्कापिर्यो पीडितले तोडफोड गरेका हुन् । मेलम्ची बाढीपीडितहरूले पीडितका पक्षमा प्रभावकारी ढङ्गले काम नगरेको भन्दै पीडितहरूले मेयर सवार गाडी तोडफोड गरेका हुन् ।

मेलम्ची बाढीपीडित युवा धर्म भण्डारीलाई करेन्ट लागेर मृत्यु भएको विषयमा मेयर अर्यालले कुनै पनि प्रभावकारी भूमिका नखेलेको भन्दै पीडितले उहाँ सवार गाडी फुटाएको बताइएको छ । मेलम्ची बाढीले भुइँमा ढलेको बिजुलीको तारमा विद्युत् प्रवाह गरेका कारण मेलम्चीका एक बाढीपीडित युवाको निधन भएको थियो ।

सो विषयमा मेयर अर्याल जिम्मेवार नदेखिएपछि पीडितहरूले गाडीलाई तोडफोड गरेको पीडितहरूले जनाएका छन् । यस विषयमा इलाका प्रहरी चौकीले अनुसन्धान गरिरहेको छ । यस विषयमा मेयर अर्याल बोल्न चाहेनन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्