प्रदेश ५ को घोराहीमा राष्ट्रियसभा चुनाव उत्साहका साथ सुरु



 

सैघाली खबर,
घोराही २४ माघ। देशैभरि राष्ट्रिय सभाको निर्वाचन हर्षे उल्लाहसका साथ सुरु भएको छ । प्रदेश २ को निर्विरोध भइसकेकाले बुधबार छ वटा प्रदेशमा मतदान सुरू भएको छ ।

यसैगरी प्रदेश ५ को दाङस्थित कर्मचारी मिलन केन्द्रको भवनमा घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा निर्वाचन शूरु भएको छ ।

विहान १० बजेदेखि साझ ३ बजेसम्मका लागी मतदानको समय तोकिएको छ । निवार्चनमा प्रदेश ५ मा तीन सय पाँच जना मतदाता रहेका छन् भने तिनको मतभार ८१ सय रहेको छ।

निर्वाचनमा भोट हाल्नका लागी मिलन केन्द्रस्थित मतदान स्थलमा दुइवटा मतदान केन्द्रको व्यवस्था गरिएको छ। प्रदेशसभा सदस्य र स्थानीय तहका मतदाताका लागी छुट्टाछुटै मतदान केन्द्रको व्यवस्था गरीएको छ ।

निर्वाचन अधिकृत रावलका अनुसार प्रदेश ५ मा ८७ जना प्रदेशसभा सदस्य र दुई सय १८ जना स्थानीय तह प्रमुखरउपप्रमुख छन्। प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुखरउपप्रमुखको मतभार प्रतिव्यक्ति १८ निर्धारण गरिएको छ।

आठ जना चुनिनुपर्नेमा तीन जना निर्विरोध निर्वाचित भए पनि अब पाँच जना राष्ट्रियसभा सदस्यका लागि निर्वाचित हुन लागेका छन्।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्