पाल टेलिकमको मोबाइल फोन सेवा देशभर अवरुद्ध



काठमाडौं। नेपाल टेलिकम (एनटिसी)को मोबाइल फोन सेवा देशभर अवरुद्ध भएको छ। आज बिहानैदेखि देशभर एनिटीसीका प्रिपेड तथा पोष्टपेड नम्बरमा फोन लागिरहेको छैन। प्राविधिक समस्या देखिएकाले फोन नलाग्ने भएको टेलिमकमले जनाएको छ।

एनसेलका नम्बर र ल्याण्डलाइनबाट समेत एनटिसीका नम्बरमा फोन लागेको छैन।एनटीसीबाट एनसेलका नम्बरमा भने फोन गइरहेको छ। एनटिसीको मोबाइल नलाग्दा सेवाग्राही समस्यामा परेका छन्। समस्या समाधानका लागि प्रयास भइरहेको टेलिकम कार्यालयले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्