सुनको आपूर्ति पुनः सञ्चालन गर्न माग



नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले वैशाख १६ देखि बन्द रहेको सुनको आपूर्ति पुनः सञ्चालन गर्न माग गरेको छ।

निषेधाज्ञा घोषणा गरेपछि व्यापार, व्यवसाय लगायत क्षेत्रहरू बन्द भएकोले वाणिज्य बैङ्कहरूले बिक्री गर्ने सुनको आपूर्ति पनि बन्द भएको जनाउँदै महासङ्घले तालिका अनुसार सुनचाँदी, गहना जस्ता आभूषणको क्षेत्र पनि खोल्न माग गरेको हो।

निकट भविष्यमै प्रमुख चाड–पर्वको समय पनि आउने भएकोले विगतमा बिक्री नभएको सुनको परिमाण समेतलाई मनन गर्दै दैनिक ३० किलो सुन बिक्रीको लागि अविलम्ब व्यवस्था गर्न नेपाल राष्ट्र बैङ्कसमक्ष महासङ्घले अनुरोध गरेको हो। नागरिक दैनिकबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्