आजबाट संसद विघटन विरुद्धका मुद्दाको अन्तिम सुनुवाइ हुँदै



काठमाडौं। आजबाट संसद विघटन विरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा नियमित सुनुवाई हुँदैछ। प्रतिनिधिसभा विघटन बदर गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ जना सांसदले दिएको रिटमाथि आज सुनुवाई हुन लागेको हो।

पहिलोे दिनको सुनुवाइमा देउवा पक्षबाट तीन जना वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, शम्भु थापा र महादेव यादव तथा दुई जना अधिवक्ता खाम्बबहादुर खाती र गोविन्द शर्मा बन्दीले बहस गर्नेछन्।

नेपाल बार एसोसिएसनका पूर्वमहासचिव समेत रहेका अधिवक्ता खातीले २० मिनेट बहस गर्ने र त्यसपछि अधिवक्ता बन्दी र वरिष्ठ अधिवक्ता यादवले ४०–४० मिनेट बहस गर्ने सर्वोच्च अदालत प्रशासनले जारी गरेको सुचनामा जनाइएको छ।

त्यस्तै, वरिष्ठ अधिवक्ता कार्कीलाई एक घण्टा र थापालाई डेढ घण्टा समय छुट्याइएकोछ। सुनुवाइको दोस्रो दिन भोली वरिष्ठ अधिवक्ता हरिहर दाहाल र रमण श्रेष्ठले एक–एक घन्टा बोल्नु बोल्ने छन्।

सर्वोच्च अदालतले नै रिट निवेदक पक्षलाई सुरूमा १२ घन्टा र पछि जवाफी बहसका लागि ३ घण्टा गरी १५ घण्टा समय व्यवस्थापन गरिदिएको थियो। संवैधानिक इजलासले संसद विघटन गर्नुको लिखित कारण पेश गर्न प्रधानमन्त्री, राष्ट्रपति र सभामुखलाई आदेश दिएपछि सुनुवाई एक साताको लागि रोकिएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्