कसले दियो पथरीशनिश्चरेका वडा नम्बर १० का वडाध्यक्षलाई ज्यान मार्ने धम्की ?



९ असार , काठमाडौँ । मोरङको पथरीशनिश्चरे नगरपालीका वडा नं. १० का वडाध्यक्ष सागर राईलाई ज्यान मार्ने धम्की दिएको छ ।

७ गते सोमबार कार्यपालीका बैठक चलिरहेको समयमा विबाद भए पछि वडा नं. १ का वडाध्यक्ष बाबुराम एङदेनले आफुलाई ज्यान मार्ने धम्की दिएको वडाध्यक्ष सागर राईले बताए ।

यसरी सुरु भएको थियो विवाद

असार १० गते हुने नगर सभाको पुर्व तयारीका लागि कार्यपालीकाको बैठक ७ गते बसेको थियो । वडा नं. १ का वडाध्यक्ष बाबुराम एङदेनले मापसे सेवन गरि आएका रहेछन् । उनले अभद्र ब्यवहार देखाए पछि बैठक स्थगित समेत भयो । बैठकमा अभद्र ब्यवहार भए पछि बैठकलाई मर्यादित बनाउन र मापसे चेक गरि कार्वाही अगाडी बढाउन १० का वडाध्यक्ष सागर राई माग गरे । राइले त्यसो भन्ने बित्तिकै कार्यपालीकाका सदस्यहरुकौ अगाडी नै -“म डन हुँ, मैले खाए के भयो, जातले पाको खान्छु, मैले मान्छे कुट्दै हिड्दा त भोटो पनि नलगाई हिड्थे, ठुला कुरा नगर तँलाई पनि मारिदिन्छु”- भन्दै आफू माथी झम्टीएको वडाअध्यक्ष राईले बताए ।

विवाद पछि के भयो ?

आफुमाथि ज्यान मार्ने धम्की आएपछि पथरी इलाका प्रहरी कार्यालयका इन्चार्ज डिएसपि कृष्ण खड्कालाई फोन गर्दा डिएसपीले फोन नउठाएको वडाध्यक्ष राई बताउँछन् । यता डिएसपि खड्काले भने राईसंग सम्पर्क भएको तर ज्यान मार्ने धम्कीका विषयमा कुनै कुरा नभएको बताए ।

७ गते रोकिएको कार्यपालीका बैठक ८ गते बसियो । तर १० का वडाध्यक्ष राई बैठकमा उपस्थीत भएनन् । आफुलाई सुरक्षा थ्रेड भएको र कार्यपालीका बैठक बस्नु भन्दा ३ दिन अगाडी जानकारी हूनुपर्ने उनको भनाइ छ ।

`७ गते बैठकमा विवाद भएको र विवाद सोहि दिन मिलेको थियो । आज फेरी बैठक बस्यो, उहाले केहि योजनाहरु टिपाउनु भएको र बैठकमा ज्यान मार्ने धम्की दिएका विषयमा पनि छलफल भएको छ ´- नगर प्रबक्ता तथा वडा नं. २ का वडाध्यक्ष याम गुराँगाइँले भने ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्