ह्विल चियरले थपेको खुसी, अपाङ्गताको सहारा स्थानीय सरकार



टेकबहादुर पुन,दाङ । कसैका हात लुला छन् कसैका खुट्टा । कसैका भने आधा शरीरले काम गर्दैन । काम गरी आवश्यकता पूर्ति गर्न पनि अपाङ्ग शरीर तगारो बनेको छ । शरीर अपाङ्ग हुँदै जाँदा आवश्यकता पनि बढ्दै जान्छ । अपाङ्ग भएर थलिएका अङ्गहरूले काम गर्न नसक्दा आबस्यक्ताहरु पनि अँधुरै छन् । 

अपाङ्गको सहाराका लागि थुप्रै आधुनिक ह्विल चियर, वैशाखी हरू बजारमा त छन् तर खरिद गर्न सक्नै हैसियत सबैको कहाँ हुन्छ र! सरकारले अपाङ्ग भत्ता बापत दिने २/४ हजार न हो । त्यत्तिले आबस्यक्ता पूर्ति गर्न पनि हम्य हम्य नै हुँदो हो ।

शरीरका अँगाले साथ छोड्दै जाँदा समाज तथा परिवारबाट तिरस्कार भएका घटनाका थुप्रै उदाहरण पनि छन् । तिनै अपाङ्गता भएका व्यक्तिहरूको सहाराका लागि लमही नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयले मङ्गलवार ह्विल चियर वितरण गरेको छ । 

हिँडडुल नै गर्न गाह्रो हुने अपाङ्गता भएका व्यक्तिहरू ह्विल चियर पाउँदा दङ्ग छन् । सहारा विहीन हरुका लागि स्थानीय सरकार सहारा बनिदिँदा उनीहरूमा खुसीको सीमा छैन । घरमै गुम्सिएर बस्नुपर्ने बाध्यता अब भने हटेको छ । लौरोको भरमा सकी नसकी केही पैताला सार्नेहरू ह्विल चियरको सहारामा छन् अब । 

वडा कार्यालयले दिएको ह्विल चियरमा हुँईकिन पाउँदा लमही-७ नयाबस्तीका भागमल चौधरी खुसीले गद गद भएका छन् । वैशाखीको भरमा मुस्किलले पैताला सार्ने उनी ह्विल चियरमा आरामदायी यात्रा गर्ने भएका छन् । वडा कार्यालयले उनी जस्ता वडा अन्तरगतका ८ जनालाई सम्मान सहित ह्विल चियर वितरण गरेको छ । 

समयले ठगिएका अपाङ्गता भएका व्यक्तिहरूलाई सबैले माया गर्दै साथ सहयोग गर्नुपर्ने लमही वडा ७ का वडाध्यक्ष मोहन गिरीले बताए । त्यसो त वडा नम्बर ७ मा जनप्रतिनिधि बनेर मोहन गिरी आए लगत्तै विकास निर्माणका साथै एकल महिला, ज्येष्ठ नागरिक, अशक्त अपाङ्गता सबैलाई सम्मान गरिँदै आएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्