हेलिकोप्टरमा उड्दा-उड्दै राजेन्द्र महतोको मन्त्री पद चैट



 काठमाडौँ । राजेन्द्र महतोको उपप्रधान एवं सहरी विकास मन्त्री हेलिकोप्टरमा उड्दा-उड्दै गएको छ । सर्वोच्च अदालतले कामचलाउ सरकारले गरेको मन्त्रिपरिषद् विस्तार बदर गरेपछि महतोको मन्त्री पद गएको हो ।

मङ्गलवार सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक दुई चरणमा गरेको मन्त्रिपरिषद् विस्तार संवैधानिक कि असंवैधानिक भनेर बहस चलिरहेका बेला महतो हेलिकोप्टर मार्फत सिन्धुपाल्चोक लाग्नुभएको थियो । हेलिकोप्टरबाट काठमाडौँ टेक्न नपाउँदै उहाँको मन्त्री पद गएको हो ।

गत असार १ गतेको मेलम्ची नदीको भीषण बाढीले क्षति पु¥याएको सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रको अवलोकनका लागि मन्त्री महतो साढे १२ बजे सिन्धुपाल्चोकतर्फ जानुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्