राजनीति भन्दा ठूलो जनता हुन् : प्रचण्ड



नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपद्को समयमा जनताको जीउ धन भन्दा ठुलो अरू नहुने बताएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विपद्मा राजनीति भन्दा ठुलो जनता हुने बताएका हुन् ।

बाढिपहिरोमा परेका जनताको उद्धार र उनीहरूको व्यवस्थापनसँगै क्षति न्यूनीकरण पहिलो प्राथमिकता मा राखेर काम गर्नु पर्ने उनको भनाइ थियो । उनले भने, ‘विपद्मा राजनीतिलाई दोस्रो प्राथमिकतामा राखेर काम गर्नु पर्छ ।’

अहिले राजनैतिक स’म’स्या भए पनि त्यो समाधानका लागि विभिन्न तरीकाले लागि परेको बताउँदै उनले यो सबै दोस्रो प्राथमिकता भएको बताए ।नारायणी नदीले पारेको प्रभावको विषयमा बुझ्न यहाँ आएका दाहालले नारायणी नदीको जोखिम अझै कायम रहेको र यसलाई समयमा नै व्यवस्थापन गर्न नसकिए ठुलो क्षति हुने बताए । नियन्त्रणको काम भइरहेको समयमा बाढी आएर काम अधुरै छोड्दा जनतामा त्रास बढेको उनको भनाई थियो ।

अहिलेको व्यवस्थापन कमजोर भएको भन्दै उनले नारायणी नदीको फाइदा र जोखिमको आङ्कलन गर्दै काम अघि बढाउनु पर्ने जानकारी दिए ।

नदी व्यवस्थापनका लागि निकुञ्ज ऐन तथा नीति संशोधन आवश्यक रहेको उनले बताए। उनले भने, ‘निकुञ्जको नीतिसँग सम्बन्धित नीतिहरू हिजोको आवश्यकतालाई मध्यनजर गरेर बनाइएका हुन् । ती नीति, ऐनहरू बदलिएको परिस्थितिलाई हेरेर परिवर्तन आवश्यक छ ।

फरक प्रसङ्गमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले वर्तमान सरकारले चितवनलाई बेवास्ता गरेको गुनासो गरे । उनले भने, चितवनको विकास भयो भने प्रचण्डले जस पाउँछ भन्ने सरकारलाई लागेको छ ।

कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जिल्लामा विपद्को अवस्थाको बारेमा जानकारी गराएका थिए । कोरोना कहर देखि बाढी पहिरोको अवस्थाका बारेमा जानकारी गराउँदै उनले २९ हजार परिवार प्रभावित हुने अनुमान गरिएको बताए ।

उनले भने, ‘बाढीका कारण जिल्लामा ४६ हजार जनता र २९ हजार परिवार प्रभावित हुने देखिएको छ । खोज तथा उद्धारका लागि आवश्यक सामग्री अपुग रहेको उनको भनाई थियो ।

सो अवसरमा स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले को’रो’ना कहरका कारण आएको समस्याका बारेमा जानकारी दिए। नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुख रुकमाङ्गत खनालले नदी नियन्त्रणका लागि वनेको गुरु योजना अनुसार बजेट नआउँदा काम प्रभावकारी रूपमा गर्न नसकिएको बताए । न्युज२४बाट 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्